प्रिमियर लिग : लेष्टरलाई पछि पार्दै चेल्सी तेस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रिमियर लिग : लेष्टरलाई पछि पार्दै चेल्सी तेस्रो स्थानमा

chelsea vs crystal

काठमाडौं, २४ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे । क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।

चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो । तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २–१ ले अघि रह्यो ।

खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३–२ गोल अन्तरले बिजयी भयो ।

जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो । चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);