इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीको रोमाञ्चक जित

काठमाडौं,२९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो ।

स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए । खेलको छैटौं मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । ४३औं मिनेटमा न्युक्याशलका इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५७औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए ।

७६औं मिनेटमा मिखाइलोले गोल गरेपछि चेल्सी ३–१ को अग्रतासहित जिततर्फ अघि बढ्यो ।तर, इन्ज्युरी समयो थप गरिएको पहिलो मिनेटमा मर्फीले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । यस जितले चेल्सी २७ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ । पराजित न्यूक्यासल २८ खेलबाट ४० अंक जोडेर १०औं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);