रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं,२९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो ।

उहाँले संसदीय दलबाट सर्वसम्मतिले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निर्णय भएको बताउनु भयो । उहाँले सरकारलाई सबै सांसदहरुले विश्वासको मत दिने र त्यसका लागि प्रमुख सचेतकले ह्वीप जारी गर्नुभएको बताउनु भयो ।

उहाँले जिम्मेवारी बाँडफाँट, संवैधाननिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भुमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निर्णय भएको बताउनु भयो । प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);