प्रधानमन्त्रीले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै नेकपा एसले विश्वासको मत दिने  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

प्रधानमन्त्रीले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै नेकपा एसले विश्वासको मत दिने 

फागुन २८, नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै विश्वासको मत दिने बताएको छ ।

सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताउनुभयो ।

उहाँले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताउनु भयो ।

उहाँले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाई नभए भोट हालिरहनु पर्ने जरुरी नरहेको बताउनु भयो ।

प्रमुख सचेतक चौधरीले सरकारले अघि बढ्ने की ढल्ने भन्नेकुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताउनु भयो । ०००

Leave a Reply