इजरायल र गाजाबीच युद्धविरामको प्रयास असफल | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

इजरायल र गाजाबीच युद्धविरामको प्रयास असफल

काठमाडौं,२८ फागुन । इजरायल र गाजाबीच युद्धविरामको प्रयास असफल भएपछि इस्लामिक पवित्र महिना रमजानको अवसरमा विशेष गरी राजधानी जेरुसेलममा हिंसा फैलिने डर थपिएको छ ।

आज मार्च ११ देखि शुरु हुने रमजान पर्वको अवसरमा हमासले प्यालेस्टाइनीहरूलाई अल–अक्सा मस्जिदको भ्रमण गर्न आह्वान गरेको छ । तर इजरायलले हमासलाई रमजानको समयमा यस क्षेत्रलाई प्रज्वलित गरी नियन्त्रण गर्न खोजेको आरोप लगाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्यालेस्टाइनीहरुले आज राति चन्द्रमा देखिएसँगै एक महिनाका लागि रमजान पर्व मनाउन शुरु गर्दैछन् । यसअघि रमजानको अवसरमा शुरुदेखि नै ४० दिने युद्धविराम गर्ने प्रयास असफल भएको खबरहरुमा उल्लेख छ । इजरायलले हमासमा आक्रमण जारी राखेको छ भने हमासले बन्धकलाई मुक्त गर्ने कुनै पनि योजना सार्वजनिक गरेको छैन। यद्यपि मध्यस्थकर्ताहरूले भने अझै पनि युद्धविरामका लागि हमास र इजरायलका प्रतिनिधिमण्डललाई भेटेर छलफल गर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);