पाकिस्तानका प्रधानमन्त्री इमरानलाई संसदबाट विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाकिस्तानका प्रधानमन्त्री इमरानलाई संसदबाट विश्वासको मत

एजेन्सी, २२ फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत पाएका छन् ।

सदनको शनिबारको विशेष शत्रमा प्रधानमन्त्री खानले आफ्नो सरकारको पक्षमा बहुमत सावित गरेका हुन् । उनको पार्टीले सिनेटमा सबैभन्दा चर्चित इस्लामाबादको सिट हारेसँगै खानले संसदमा विश्वासको मत लिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १ सय ७२ मत चाहिनेमा उनले १ सय ७८ मत पाएका हुन्।

आधिकारिक रुपमा नतिजा सार्वजनिक नभएपनि गएको बुधबार भएको सिनेटको निर्वाचनमा इस्लामाबादमा विपक्षी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी विजयी भएका छन् । उनले इमरान खान नेतृत्व सरकारका वित्तमन्त्री अब्दुल हाफिज शेखलाई हराएका हुन् ।

इस्लामाबादको हारसँगै प्रधानमन्त्री खानलाई धक्का पुगेको विश्लेषकहरु बताउँछन् । आफ्नो पार्टीले महत्वपूर्ण सिट गुमाएपछि प्रधानमन्त्री आफैले शक्ति सावित गर्नका लागि सदनको विशेष शत्र बोलाएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);