पाकिस्तानको २२ औं प्रधानमन्त्री इमरान खानद्वारा सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पाकिस्तानको २२ औं प्रधानमन्त्री इमरान खानद्वारा सपथ ग्रहण

PAKISTAN-ISLAMABAD-NEW PRIME MINISTER

एजेन्सी, २ भदौ । पाकिस्तानका २२ औं प्रधानमन्त्री इमरान खानले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  पाकिस्तानको संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका खानले शनिवार सपथ ग्रहण गरेका हुन् ।

खानलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका हुन् । शपथ ग्रहण कार्यक्रममा पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी लगाएर उपस्थित भएका थिए ।

प्रधानमन्त्री बन्न सामान्य बहुमत १ सय ७२ मतको आवश्यकता पर्नेमा इमरानले १ सय ७६ मत पाएका थिए । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गरे ।

विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । खानले पाकिस्तान सरकार अब क्षेत्रीय सन्तुलनमा लाग्ने बताए ।

गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्वक्रिकेट खेलाडी इमरानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआई) ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसदमा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ ।

बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व खानले गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);