पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको शपथ ग्रहण आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको शपथ ग्रहण आज

एजेन्सी, २ भदौ ।  पाकिस्तानका २२ औं प्रधानमन्त्री इमरान खानले आज शपथ ग्रहण गर्दै छन् । शुक्रबार पाकिस्तानको संसदबाट प्रधानमन्त्रीमा निर्वाचीत खानले आज सपथ ग्रहण गर्न लागेका हुन् ।

प्रधानमन्त्री बन्न सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा इमरानले १७६ मत पाएका थिए । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गरेका थिए ।

विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । खानले पाकिस्तान सरकार अब क्षेत्रीय सन्तुलनमा लाग्ने समेत बताएका छन् ।

गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्वक्रिकेट खेलाडी इमरानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआई) ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसदमा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् ।

खानले सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);