पाकिस्तानी प्रधानमन्त्री खानले दिए प्रधानमन्त्री देउवालाई बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाकिस्तानी प्रधानमन्त्री खानले दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले सोमबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत पाएकोमा बधाई दिएका हुन् ।

प्रधानमन्त्री खानले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको उल्लेख गर्दै साझा हितका लागि नेपालसँगको सहकार्यलाई जारी राख्ने पनि जिकिर गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने आइतबार राति नै प्रधानमन्त्री देउवालाई विश्वासको मत पाएकोमा टेलिफोन गरेरै बधाई दिएका थिए ।

यो पनि पढ्नुहोस

विश्वासको मत लिएकाे तीन मिनेट भित्रै मोदीले दिए देउवालाई बधाई


मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);