बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न प्रधानमन्त्री देउवालाई गगन थापाको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न प्रधानमन्त्री देउवालाई गगन थापाको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवालाई पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्न अनुरोध गरेको नेता थापाले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।

नेता थापालाई यस्तो अनुरोध गर्दा प्रधानमन्त्री देउवाले पार्टी कार्यालयमा धर्ना भएका कारणले बालुवाटारमा बैठक बसिएको तर अब त्यसतो नहुने जवाफ दिएको उनले उल्लेख गरेका छन् ।

नेता थापाले लेखेका छन्–‘‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न, भन्ने विश्वास दिलाउनु भएको छ । प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला ।’’

कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा क्रियाशील सदस्यता विवादका विषयमा केही नेताहरु अनसनमा बसेका छन् ।

देउवाले गएको शुक्रबार निजी निवास बुढानिलकण्ठबाट बालुवाटार सरेकै दिन बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक राखेका थिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारलाई पार्टी कार्यालय बनाएको भन्दै आलोचना गर्नेले नै बालुवाटारमा पार्टी बैठक राखेको भन्दै देउवाको पनि आलोचना भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);