अब पार्टी जोगाउनु पर्ने छ, जोगाइने छ : घनश्याम भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अब पार्टी जोगाउनु पर्ने छ, जोगाइने छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी ठूलो दुर्घटनामा परेको बताएका छन् ।

आइतबार राति प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएपछि नेता भुसालले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेता भुसालले संसद जोगिएको अव पार्टी जोगाउनुपर्छ भन्दै टिप्पणी गरेका छन् ।

पार्टी यथास्थितिमा सुरक्षित नभएकाले जोगाउनु पर्ने उनको धारणा छ । उनले लेखेका छन्–‘संसद जोगाउनु पथ्र्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।’

गए राति देउवालाई एमालेका ३३ सांसदले पार्टी ह्वीप उल्लंघन गरेपछि एमालेभित्रको विवाद झन् पेचिलो बनेको छ । पार्टी एकताको कसरतमा लागेको नेता भीम रावलले आइतबार नै सांसद पदबाट राजीनामा दिईसकेका छन् । यस्तो अवस्थामा एमाले एकताको सम्भावना न्युन रहेको अड्कल गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);