एमालेका १० सांसद जसले देउवालाई विश्वासको मत दिएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमालेका १० सांसद जसले देउवालाई विश्वासको मत दिएनन्

काठमाडाैं । आईतबार भएको पहिलो प्रतिनिधिसभा बैठक बाट विश्वासको मत नदिई एमालेका १० सांसद बाहिरिएका छन् ।

आईतबारको प्रतिनिधिसभा बैठक बाट प्रधानमन्त्री शेरबहादुर देउवाले आँफुलाई विश्वासको मतका दिनका लागि आग्रह गरे लगतै एमालेका माधव पक्षका १० सासंदहरु बारिएका थिए ।

बाहिरिने सासदहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्ट रहेका छन् ।

संसद शुरु भएपछि माधव पक्षका सांसदहरु के गर्ने भनेर संसद भवनमै छलफलमा जुटेका थिए । लामो छलफलपछि कार्यदलमा रहेका नेतासहित १० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले दुवै पक्षमा मतदान नगर्ने निष्कर्ष निकालेर संसद भवनबाट बाहिरिए ।

एमाले उपाध्यक्ष समेत रहनु भएका भीम रावलले असन्तुष्टि ब्यक्त गर्दै राजीनामा पेश गरेका थिए । जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भनेपछि माधव नेपाललाई उनी निकट नेताहरुले संसद जोगिन भयो अब एमाले जोगाउन विश्वासको मत नदिउँ भन्ने प्रस्तावमा नेपालले आफ्नो निर्णय बदल्न नमानेपछि नेताहरु बाहिररिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);