सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिदैं

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

विश्वासको मत लिने व्यवस्था मिलाई दिन मुख्यमन्त्री भट्टले सभामुखलाई गरेको आग्रह अनुरुप विश्वास मत लिनका लागि प्रदेशसभाको बैठक बोलाइएको हो । मुख्यमन्त्रीले आफुले विश्वासको मत लिने भन्दै सभामुखलाई आइतबार पत्र पठाएका थिए ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारमा परिणत भएका थियो ।

अहिले ११ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री र दुई मन्त्री र एक राज्यमन्त्री गरी ४ माओवादी केन्द्र र ४ मन्त्री, ३ राज्य मन्त्री गरी ७ मन्त्री एमालेका छन् ।

माधव–झलनाथ पक्षका सांसदले समर्थन गरेर विश्वासको पक्षमा मतदान गरेमा मुख्यमन्त्री विश्वासको प्रस्ताव हुने सम्भावना छ । तर विश्वासको विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);