अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावको भ्रममा नपर्न नेपाल पक्षको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावको भ्रममा नपर्न नेपाल पक्षको आग्रह

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावको भ्रममा नपर्न वरिष्ठ नेता माधवकुमार नेपालले नेता तथा कार्यकतालाई आग्रह गरेका छन् ।

आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्तावको जवाफमा सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै वरिष्ठ नेता नेपालले यस्तो आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरूलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएकोले वक्तव्यको भ्रममा नपर्न आग्रह गर्दै सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्नुपर्ने निष्कर्ष छ ।

प्रेस वक्तव्यमा ओलीले पार्टी एकता हासिल गर्ने भन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित भएको आरोप लगाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्नेमा आफूहरू स्पष्ट रहेको समेत उल्लेख छ ।

यस्तै, ओलीले वक्तव्यमा जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्र रूपमा कायम हुनुपर्छ भन्नुपर्नेमा जेठ ३ गते पूर्व भन्दै अल्मलाउने भाषा प्रयोग गरेको नेपाल पक्षको निष्कर्ष छ । ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप चलाउन खोजेको यो पक्षले ठहर गरेको छ ।

अब पार्टीका नेताहरूलाई कारबाही नगर्ने भने पनि यसअघि विधानविपरीत कथित कारबाही फिर्ता लिने कुरा ओलीको वक्तव्यमा नभएको नेपाल पक्षको निष्कर्ष छ । साथै ओलीबाट अगाडि सारिएका कुराहरू पार्टीको एकतालाई अक्षुण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको नेपाल–खनाल पक्षको ठहर छ ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओलीलाई नेपालको जवाफः संसद विघटन फिर्ता गर्नुस, हस्ताक्षर स्वत फिर्ता गछौँ


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);