वडा तहसम्म संगठन निर्माण गर्न नेपाल पक्षको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वडा तहसम्म संगठन निर्माण गर्न नेपाल पक्षको निर्देशन

काठमाडौं । एमालेको नेपाल खनाल पक्षले तत्काल तल्ला कमिटी विभिन्न जनवर्गीय संगठनमा समानान्तर गतिविधि नरोक्ने भएको छ । सोपार्टीको बैठकले पार्टी एकताको विषयमा ठोस परिणाम नआई संगठन निर्माणको काम नछाड्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर गुट र फुटको अभ्यास गरिरहेकोले ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकोले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक आव्हान गर्दछौं,’ नेता नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आफूपक्षीय कार्यकर्ताहरुसँग वडास्तरसम्मै संगठन बनाउन निर्देशन दिएका छन् । केन्द्रीय कमिटीका सदस्यहरुसँग भएको दुई दिने परामर्शमा आएको सुझावसहित स्थायी कमिटीको बैठकले पारित गरेको प्रस्तावहरु नेता नेपालले सार्वजनिक गरेका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);