कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए सपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए सपथ

सुर्खेत । कर्णाली प्रदेशमा थपिएका कांग्रेसका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बन्न लागेका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएका हुन् । सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन् । महेन्द्रविक्रम शाही नेतृत्वको कर्णाली प्रदेश मन्त्रिपरिषद् अव आठ सदस्यीय भएको छ ।

नेकपा एमालेले चैतको पहिलो साता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो तर वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्षले जोगाइदिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);