प्रधानमन्त्री ओलीले आफूहरुको माग सम्बोधन गरेकाले सरकारमा सहभागी भएको नवनियुक्त ऊर्जामन्त्री भण्डारीको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

प्रधानमन्त्री ओलीले आफूहरुको माग सम्बोधन गरेकाले सरकारमा सहभागी भएको नवनियुक्त ऊर्जामन्त्री भण्डारीको भनाई

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताए । आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले आफूहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

उनले भने–‘जसपा र नेकपा(एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौ भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाइ सम्बोधन गरेर अगाडी बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’

मन्त्री भण्डारीले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडी बढाउने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);