वर्तमान सरकार अवसरवादीको समूह हो : सांसद भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

वर्तमान सरकार अवसरवादीको समूह हो : सांसद भण्डारी

बैतडी । पूर्व अर्थराज्यमन्त्री एवं बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान संघीय सरकार अवसरवादीहरुको सरकार भएको बताएका छन् ।

शनिबार बैतडीको दोगडाकेदार गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका भण्डारीले प्रचण्ड र माधव नेपालले कम्युनिस्ट पार्टीमै रहँदा मन लागेका अवसर नपाउँदा भागका लागि पार्टी फुटाएको आरोप लगाए ।

उनले भने, ‘नेकपामा रहँदा प्रचण्डलाई पहिलो वरियताको अध्यक्ष र माधवलाई केही मन्त्रालयमा आफ्नो गुटका मान्छे मन्त्री हुनुपर्ने माग पूरा नभएपछि पार्टी फुटाउने खेल सुरु गरे । फलस्वरुप अहिले देउवाको नेतृत्वमा सरकार बनाए । तर यो सरकार विदेशी शक्ति केन्द्रको आडमा केही निश्चित नेताको स्वार्थका लागि बनेको अपवित्र गठबन्धन हो । यो सरकारले जनहितका काम गर्न सक्दैन ।’

अहिले सरकार जनहित विपरीत काम गरिरहेको सांसद भण्डारीले बताए । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई संशोधन गरि जनहित विरोधी काम गरेको उनको आरोप छ । उनले भने, ‘वर्तमान सरकारले संशोधन गरेको बजेटमा हाम्रा धेरै महत्वपूर्ण आयोजनाहरु हटाइएका छन् । तर ती आयोजनाहरु कसरी हटाइँदा रहेछन्, हामी पनि हेरौंला ।’

सांसद भण्डारीले वर्तमान सरकाले भारतसामू घुडा टेकिसकेको आरोप लगाए । दार्चुलामा भएको तुइन घटनाका बेपत्ता जयसिंह धामीको बिषयमा सरकारले बोल्ने आँटसम्म गर्न नसक्नु दुखको बिषय भएको उनले बताए । ‘अहिले केपी ओली प्रधानमन्त्री भएको भए जयसिंहको परिवारले न्याय पाउनुका साथै दोषीलाई कारवाही भइसक्ने थियो,’ उनले भने ।

शनिबारदेखि सुरु भएको प्रशिक्षण आज पनि चल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);