राष्ट्रपतिको कदम संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाविरुद्धको प्रहार : पत्रकार महासंघ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपतिको कदम संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाविरुद्धको प्रहार : पत्रकार महासंघ

काठमाडौं । वैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमा रहँदा पनि प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषण गर्ने कदमले संविधान र संसदको हुर्मत लिने भन्दै यसले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको नेपाल पत्रकार महासंघले बताएको छ ।

पत्रकार महासंघले शनिबार विज्ञप्ति निकाल्दै वैकल्पिक सरकार बन्ने आधार हुँदा हुँदै राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार भएको बताएको हो ।

हाल जनतालाई संविधान प्रतिकुलको चुनाव नभई महामारीबाट बच्न अस्पतालमा बेड र अक्सिजन चाहिएको महासंघका महासचिव रोसन पुरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो २ दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यता विरुद्ध भएको महासंघले आरोप लगाएको छ ।

महासंघले आफ्नो दायित्व स्वरुप संविधानमाथि भएको प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने राष्ट्रपतिलाई आग्रह गरेको छ । साथै प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपषमा दृढताका साथ एक ठाउँमा उभिन र लोकतान्त्रि मूल्य मान्यताको रक्षाका लागि महासंघले सबैमा अपिल समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);