फोटो पत्रकारलाई लाठी प्रहार गर्ने प्रहरीमाथि छानविन गरी कारबाही गर्न महासंघको माग | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

फोटो पत्रकारलाई लाठी प्रहार गर्ने प्रहरीमाथि छानविन गरी कारबाही गर्न महासंघको माग

काठमाडौं । फोटो पत्रकार निमेषजङ्ग राईमािथ लाठी प्रहार गरेको घटनामा संलग्न प्रहरीमाथि छानविन गरी कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै फोटो पत्रकार राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्न प्रहरीमाथि छानविन गरी कारबाही गर्न माग गरेको हो ।

शनिबार विद्यार्थी संगठनद्धारा मिनभवनमा गरिएको प्रदर्शनको समाचार संकलनको क्रममा विद्यार्थी र प्रहरीबीच भएको धरपकडका कारण लडेका फोटो पत्रकार राईमाथि पत्रकारको पहिचान खुल्दा खुल्दै पनि प्रहरीले लाठी प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वतन्त्ररुपमा पेशागत कर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्धारा गरिएको यो हर्कत आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रता माथिको ज्यादती भएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);