बालक हत्याको विषयलाई लिएर झापामा प्रदर्शन, प्रहरीले चलायो गोली | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

काठमाण्डौँ, १० कार्तिक । झापाको बिर्तामोडमा बालक हत्याको विषयलाई लिएर निकालिएको प्रदर्शनमा प्रहरी र स्थानीय सर्वसाधारणबीच झडप भएको छ।

असोज १४ गते अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको घरबाट खेल्न गएको २४ घन्टामै शव स्थानीय खोलामा भेटिएको थियो।

प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा गरेका छन् । सोही क्रममा प्रहरीले भीडलाई नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार र लाठी चार्ज गरेका हुन् ।

घटनापछि प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बेला अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै आफन्तहरुले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

प्रहरी कार्यालयमा ढ्ङ्गामुडा गर्ने २६ जना प्रहरी नियन्त्रणमा छन् । शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।