कालिकोटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कालिकोटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

कालीकोट, ८ पुस । प्रहरीको गोली लागेर शुक्रबार म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा शनिबार दिनभर प्रदर्शन भयो । स्थानिय बासिन्दा र म्यादी प्रहरीले गरेको प्रदर्शनका कारण आज दिनभर सदरमुकाम मान्मा बजार तनावग्रस्त रह्यो ।

शनिवार विहानैदेखि स्थानिय नागरिक, राजनीतिक दल र म्यादी प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे । आक्रोशित स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेटमा सामान्य तोडफोड गरेका छन् ।

सान्नी त्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी विवेक ऐडीका परिवारले राहत तथा क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै कालिकोटमा दिनभर आन्दोलन चर्काएका हुन्।

स्थानीयको आन्दोलनले उग्ररुप लिन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार पछि पनि स्थिति थप तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले शनिवार अपराह्न ४ बजेदेखि कालीकोट सदरमुकाम मान्मा बजारमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

म्यादी प्रहरीले तलबको विषयलाई लिएर गरेको प्रदर्शनमा प्रहरीले शुक्रबार एकाएक गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर सान्नी त्रिवेणी ४ तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा विवेक ऐडीको शुक्रबार ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);