कालीकोटमा लगाइएको कर्फ्यु हट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कालीकोट, १० पुस । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर अान्दोलन चर्काएपछि  कर्फ्यु  लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।

समितले सोमबार नै दुवै पक्षवीच छलफल गर्ने छ । कर्फ्यु हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ ।

मृतक परिवारलार्इ सरकारकारले १० लाख क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);