दाङमा म्यादी प्रहरीमा ६ हजारको आबेदन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दाङमा म्यादी प्रहरीमा ६ हजारको आबेदन

गोपाल भट्टराई १६ दाङ ।
म्यादी प्रहरीका लागि दाङमा झण्डै ६ हजार जनाले आबेदन दिएका छन् । १८ वर्षदेखि २५ वर्ष सम्मका युवाहरुको म्यादी प्रहरी भर्नाका लागि आबेदन दिन जिल्ला प्रहरी कार्यालयमा आएका प्रहरीले जनाएको छ । कक्षा दशको परीक्षा दिएका, कक्षा ११ र १२ मा पढने विद्यार्थीहरु म्यादी प्रहरीको लागि प्रतिस्पर्धा

दाङमा म्यादी प्रहरीमा ६ हजारको आबेदन

गोपाल भट्टराई १६ दाङ । म्यादी प्रहरीका लागि दाङमा झण्डै ६ हजार जनाले आबेदन दिएका छन् । १८ वर्षदेखि २५ वर्ष सम्मका युवाहरुको म्यादी प्रहरी भर्नाका लागि आबेदन दिन जिल्ला प्रहरी कार्यालयमा आएका प्रहरीले जनाएको छ । कक्षा दशको परीक्षा दिएका, कक्षा ११ र १२ मा पढने विद्यार्थीहरु म्यादी प्रहरीको लागि प्रतिस्पर्धा छन । जिल्लामा विहिवार सम्म झण्डै ६ हजार जनाले म्यादी प्रहरीका लागि फारम भरेको दाङका निमित्त प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

 

म्यादी प्रहरीमा फारम भरेका युवाहरुले निर्वाचनमा सहयोग गर्न र रोजगारीका लागि फारम भरेको वताएका छन । उनीहरुले रोजगारीका अवसरहरु खोजी गरिरहेका वेला म्यादी प्रहरीको अवसर आएकाले यसमा प्रयास गरेको वताए । म्यादीमा सेवा सुविधा पनि आकर्षक भएकाले युवाहरुले बढि चासो दिएको देखिएको छ । बैशाख ३१ को स्थानीय निर्वाचको लागि नेपाल भरि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । ५५ दिन म्याद रहने म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको सेवा सुविधा र भत्ता पाउने छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);