स्थानिय तहमा महिलालाई प्रमुख पद दिन माग | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

स्थानिय तहमा महिलालाई प्रमुख पद दिन माग

गोपाल भट्टराई १७ चैत दाङ ।
जिल्लाका राजनीतिक दलहरुसग आमने सामन्ने बसी महिलाहरुले स्थानिय तहको निर्बाचनमा महिलाहरुलाई प्रमुख पद दिनु पर्ने माग गरेका छन् । संबाद समूह क्षेत्रीय सचिबालय तुलसीपुुरको आयोजनामा आज बुधबार

स्थानिय तहमा महिलालाई प्रमुख पद दिन माग

 

 

गोपाल भट्टराई १७ चैत दाङ । जिल्लाका राजनीतिक दलहरुसग आमने सामन्ने बसी महिलाहरुले स्थानिय तहको निर्बाचनमा महिलाहरुलाई प्रमुख पद दिनु पर्ने माग गरेका छन् । संबाद समूह क्षेत्रीय सचिबालय तुलसीपुुरको आयोजनामा आज बुधबार स्थायिन तहको निर्बाचनलाई शान्तिपूर्ण र मर्यादीत रुपमा सम्पन्न गर्न सरोकारवालाहरुको भूमिका तथा निर्बाचनमा महिला सहभागिता बिषयक कार्यक्रममा सहभागि दलका प्रमुखहरुसग महिलाहरुले प्रमुख पदमा उठन सक्ने महीलाहरुलाई टिकट दिने वातावरण बनाउनु पर्ने बताएका छन् । वडा सदस्यमा चित्त बुझाउने प्रयास गरि त्यसलाई स्वीकार्य हुन नसक्ने उनीहरुको चेतावनी थियो ।

 

५१ प्रतिसत भन्दा बढी महिला मतदाता रहेको आधार र महिलाहरुको सक्रियतालाई द्धष्टीगत गर्दै महिलाहरुलाई कम्तीमा ५० प्रतिसत प्रमुख पदमा उम्मेदवारी बनाउनुपर्ने उनीहरुको भनाई छ । १ लाख ४८ हजार ३ सय ३१ महिला र १ लाख ४३ हजार ७ सय ८ जना पुरुषहरु मतदाता रहेको जिल्लामा महिलाहरुलाई अन्याय गर्न नहुनेमा उनीहरुको जोड छ । कार्यक्रममा सहभागि महिला अधिकारकर्मी लक्ष्मी आचार्य,प्रभा खडका,नेपाल महिला संघकी अध्यक्ष गोमा रावत,मीना चौधरी बुढा,सारदा सार्की,बिन्दु कुवँर,तुलसा गिरी,यमनुा शाह,सीतारा नेपाली,युवा करारा,जानका रेग्मी,सीता आचार्य,कृष्णा राना,सुष्मा गिरी,चीत्रा मल्ल,मीना गुरुङ,साबीत्रा बिक,देबकी नेपाली,लीला शाह र सीमा न्यौपानेले महिलाहरुको सहभागिता बढी भन्दा बढी बनाई दलहरुले ऐतिहासीक निर्णय गरि दाङलाई नमूना बनाउनु पर्ने सुझाब दिनुभयो ।

 

उक्त अबसरमा सहभागि नेपाली काग्रेसका नेता केशब आचार्य,नेकपा एमालेका अध्यक्ष टीकाराम खडका,नेकपा माओबादी केन्द्रका नेता निर्मल आचार्य,राप्रपाका मानबहादुर गोल्डस्मीथ,संघिय लोकतान्त्रीकका शरण थारु,अखण्ड नेपाल पार्टीका भूपबहादुर भण्डारी र जनजागरण पार्टीका टोपबहादुर महतराले महिलाहरुका लागी सम्मानजनक सभागिताका लागि दलहरु बीच छलफल चलाउने प्रतिबद्धता जनाउनुभयो । जिल्लाका २ उपमहानगरपालीका, १ नगरपालीका र ७ गाँउपालीका मध्ये २ वटामा महिलाहरु बीच मात्र प्रतिस्पर्धा गराउन सक्ने वातावरण तयार गर्न प्रयास रहेको एमालेका अध्यक्ष खडकाको भनाई प्रति अन्यदलहरुले पनि सकारात्म रुपमा लिई छलफल चलाउनु पर्ने बताएका थिए । यस्तै निर्बाचनलाई शान्तिपूर्ण,मर्यादीत बनाउन आ आफ्नो पक्षबाट संयमता अपनाउने समेत दलका प्रमुख तथा प्रतिनीधिहरुले प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);