तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ३६ हजार ७३ जनाको उम्मेदवारको दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौैँ, २२ भदौ । आगामी असोज २ गते हुने तेस्रो तहको स्थानीय निर्वाचनमा ३६ हजार ७३ जनाको उम्मेदवारको दर्ता निर्वाचन आयोग जनाएको छ ।

प्रदेश नम्बर दुईमा पर्ने ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते तेस्रो चरणको निर्वाचन हुँदैछ । स्थानिय तहका विभिन्न पद मध्ये प्रमुख/अध्यक्ष पदमा १ हजार ७८३, उप-प्रमुख/उपाध्यक्ष पदमा १ हजार १३० र वडा अध्यक्ष पदमा ८ हजार १८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

यसै गरि खुल्ला सदस्यतर्फको २ पदमा १३ हजार ७७ , महिला सदस्यमा ६ हजार ३६० र महिला दलित सदस्यमा ५ हजार ७०५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

उम्मेदवारी दर्ता सम्बन्धी विवरणलाई प्रशोधन गरि यकिन गर्ने कार्य जारी रहको आयोगले जनाएकाे छ । स्थानिय तहको तेस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक  रुपमा व्यापक सहभागितामा सम्पन्न भएको थियो ।

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका तीन उप नगरपालिका ७३ नगरपालिका र ५९ गाँउपालिका गरि कुल ६ हजार ३२७ जना प्रतिनिधीहरु निर्वाचित हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);