आज १ बजे दखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आज १ बजे दखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ, २३ भदौ । दुई नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचन अन्र्तगत आज उम्मेद्वारी फिर्ताको कार्यक्रम रहेको छ ।

 

निर्वाचन आयोगले उम्मेद्वारी फिर्ताका लागि आज अपरान्ह १ बजेदेखि ५ बजेसम्मको समय दिएको छ । उम्मेद्वारी फिर्ताका आधारमा शनिबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । दुई नम्बर प्रदेशका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि ३६ हजार ७३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रमुख पदमा एक हजार ७ सय ८३, उपप्रमुख पदमा एक हजार १ सय ३० र वडाध्यक्ष पदमा आठ हजार १८ जनाको उम्मेद्वारी परेको छ ।

 

खुल्ला सदस्यमा १३ हजार ७७, महिला सदस्यमा छ हजार ३ सय ६० र महिला दलित सदस्यमा पाँच हजार ७ सय जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);