चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा, नारायणी र राप्ती नदी जोडेर रिङरोड बनाउने प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चितवन २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पटक चुनाव लडेको काठमाडौं छाडेर चितवन रोजेका छन् । उनले आसन्न संघीय संसदको चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन् ।

 

प्रेस सेन्टरले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रचण्डले चितवनको कुन क्षेत्रबाट लड्ने तय हुन बाँकी रहेको यद्यपी स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय गर्ने बताएका छन् ।

 

प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय भइसकेको छ र चितवनमा तीन वटा निर्वाचन क्षेत्र बनेको छ ।

 

प्रचण्डले ०६४ को चुनावमा काठमाडौं र रोल्पा दुबै ठाउँबाट चुनाव जिते । दोस्रो संविधानसभामा सिरहाबाट जिते पनि उनी काठमाडौं १० मा पराजित भए ।

 

अब दुई क्षेत्रमा चुनाव लड्न पाइँदैन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाल निर्वाचित भएकी छन् ।

जिल्लाको विकासका लागि पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकतामा रहेको उनले बताए । नारायणी र राप्ती नदीलाई जोडेर रिङरोड बनाउने तथा बिदेशी विकसित शहरहरुसँग भरतपुरलाई जोड्ने उनले बताए ।

प्रचण्डले माडीका जनताको समस्या दीर्घकालीन रुपमै समाधान गर्न पहल भइरहेको समेत दाबी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);