काठमाण्डौँ, १४ कार्तिक । वाम गठबन्धनबाट साझा उम्मेदवारको रुपमा माओवादी नेता रामबहादुर थापा काठमाडौं क्षेत्र नम्बर १० बाट चुनाव लड्ने भएका छन् ।
२०७० को चुनावमा भने प्रचण्डलाई त्यहाँ कांग्रेस नेता राजेन्द्र केसीले हराएका थिए । यद्यपी पहिलो संविधानसभामा भने माओवादी अध्यक्ष प्रचण्डले सोही क्षेत्रबाट जितेका थिए ।
यसअघि चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने रुची देखाएका बादललाई माओवादीले भने नवलपरासीबाट निर्वाचन लड्न निम्तो दिएका थिए ।
केही दिन देखिको छलफलपछि नेता बादललाई काठमाडौं १० दिने निष्कर्षमा वाम गठबन्धन पुगेको हो ।




