२ नम्बर प्रदेशमा फोरमले १७ सिट र राजपाले १५ सिट बाँडफाँट गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

२ नम्बर प्रदेशमा फोरमले १७ सिट र राजपाले १५ सिट बाँडफाँट गर्ने सहमति

प्रतिनिधिसभातर्फ फोरमले १७ सिट र राजपाले १५ सिट पाउने-

प्रदेशसभा तर्फ ६४ सिट मध्ये फोरमले ३३ र राजपाले ३१ सिट पाउने-

काठमाडौं, १४ कात्तिक । २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच सिट बाँडफाँटमा सहमति भएको छ ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोरम नेपाल र राजपाका शीर्ष नेताबीच सिट बाँडफाँटमा सहमति भएको हो ।

आज भएको सहमतिअनुसार २ नम्बर प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ फोरमले १७ सिट र राजपाले १५ सिट पाउने  भएको छ । यसैगरी प्रदेशसभा तर्फ ६४ क्षेत्र मध्ये फोरमले ३३ र राजपाले ३१ सिट पाउने गरी सिट बाँडफाँट भएको छ ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच भएको सहमति पत्र जस्ताको तस्तै:

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);