नेपाली काँग्रेसलाई विजयी बनाउनुको विकल्प छैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र र जनताको समृद्धिका लागि आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउनुको विकल्प नरहेको बताएका छन् ।

प्रधानमन्त्री देउवा एमाले–माओवादी केन्द्र गठबन्धन निर्वाचनमा विजयी भए मुलुकको राष्ट्रिय स्वाभिमान गुम्ने र डर, त्रासको राजनीतिक सुरु हुने दावी गरे ।

मंगलबार नेपाली काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले मुलुकको दिगो विकास, डर, त्रासमुक्त समाज निर्माणका लागि नेपाली काँग्रेसलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विजयी बनाउन सबैमा अपिल गरे ।

प्रधानमन्त्री देउवाले राणा शासन, पञ्चायती शासन र राजतन्त्र ढालेर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि नेपाली काँगेस विजयी हुनैपर्ने तर्क गरे ।

प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धनले निर्वाचनमा जिते जनताले स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारसमेत हनन् हुने दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);