वाम गठबन्धन हाम्रो लागि अवसर हो चुनौती होइनः प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, १० कार्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको बताएका छन्।

शुक्रबार देउवा निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उनले वाम गठबन्धनले नेपाली कांग्रसलाई चुनौती नभइकन आफ्नो शक्ति देखाउने अवसर दिएको बताएका छन्। देउवाले वामगठबन्धनका कारण लोकतन्त्रलाई असर पर्ने भएकाले त्यसबाट सचेत रहनुपर्नेमासमेत जोड दिए ।

वाम गठबन्धनको अवसरलाई प्रयोग गर्दै देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन जनतालाई आग्रह गरेका थिए। साथै उनले वाम गठबन्धनविरुद्ध डटेर लाग्न र प्रजातन्त्रको रक्षाका लागि चुनावी प्रचार प्रसारमा लाग्न तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);