कम्युनिष्ट शासन आए जनताले बोल्न समेत पाउने छैनन् : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, ३१ असोज । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन पार्टीका सम्पूर्ण नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई खतरामा पर्न नदिन पनि आसन्न दुवै तहको निर्वाचनमा काँग्रेस विजयी हुनुको विकल्प नरहेको दावी समेत गरे । नेपाल विद्यार्थी संघद्धारा समसामयिक सन्दर्भमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले निर्वाचनमा काँग्रेसलाई विजयी गराउने गरी जुझारु र गतिशील भएर जनतासँगको सम्बन्धलाई अझै घनिष्ट बनाउन पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराए ।

प्रधानमन्त्री देउवाले काँग्रेसले चुनावमा हारे मुलुकको लोकतन्त्रनै खतरामा पर्ने चेतावनी समेत दिए । उनले मुलुकमा कम्युनिष्ट शासन आए सर्वसत्तावाद सुरु हुने र जनताको बोल्ने, लेख्ने अधिकार समेत हनन् हुने दावी पनि गरे ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका नेताहरुले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एकतावद्ध भएर काँग्रेसलाई विजयी बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);