राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री आचार्यको निधन, आजै दाहसंस्कार गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

काठमाडौँ, ३१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको निधन भएको छ। लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्जमा निधन भएको हो।

रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उहाँले लामो सयसम्म मुलुकमा राजनीति गरेका थिए। उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए। स्व: आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।