वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन

rajendradev

काठमाडौँ, १९ असोज ।  वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन, उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको परिवारद्वारा जानकारी ।

वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ ।

लामो समयदेखि कलेजोको संक्रमणबाट पीडित हुँदै आउनुभएका ६१ वर्षीय आचार्यको आइतबार बिहान ६ः३० बजे उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । पत्रकारिता, अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्य दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाश लिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);