काठमाडौं । दिवङ्गत अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको निधन भएको छ ।
अभिनेता तथा जादुगर समेत रहेका सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।
७४ वर्षिय ताम्राकारको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८औं दिनमा निधन भएको बताइएको छ । ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए ।
उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ ।




