धरान बाहिर हिन्दू धार्मिक संघसंस्थाको र्‍याली, निषेधाज्ञा स्थलमा शान्तिपूर्ण धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

धरान बाहिर हिन्दू धार्मिक संघसंस्थाको र्‍याली, निषेधाज्ञा स्थलमा शान्तिपूर्ण धर्ना

धरान । धरानमा २४ घण्टे निषेधाज्ञा जारी भएपछि हिन्दू धार्मिक संघसंस्थाले इटहरीबाहिर शान्तिपूर्ण ¥याली निकालेका छन् ।

हिन्दू धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको ¥यालीमा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ ।

¥यालीमा सहभागीहरुले स्वधर्मको रक्षा आह्वान गर्दै हिन्दू धर्मको पक्षमा नारा लगाइरहेका छन् । ¥याली निषेधाज्ञा लगाइएको स्थानसम्म पुगेर हजारौं हिन्दु धर्मालम्बीले धर्ना दिईरहेका छन् । निषेधाज्ञा जारी गरिएको धरानमा भने आज व्यापार व्यवसायी समेत ठप्प पारिएको छ । सार्वजनिक सवारीसाधनपनि ठप्प पारिएको छ भने अन्य सवारीसाधनलाई धरानमा प्रवेशमा कडाइ गरिएको छ ।

धरान उपमहानगरपालिकामा शुक्रबार राति १२ बजेदेखी शनिवार राति १२ बजेसम्म निशेधाज्ञा नै जारी भएको छ । यो । धरानमा गोरु काटी खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै सुरुभएको विरोध हिंसात्मक हुने देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । सामाजीक सद्भाव कायम गर्न भन्दै १३ वटा राजनितिक दलले प्रर्दशन नगर्ने र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);