६० किलो सुन प्रकरणः सीआईबीले माग्यो इन्टरपोलको सहयोग | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

६० किलो सुन प्रकरणः सीआईबीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोग मागेको छ ।

सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो र भारतको नेशनल सेन्ट्रल ब्यूरो दिल्लीसँग सहयोग माग्दै पत्राचार गरेको बताइएको छ । सीआइबीले हङकङबाट आएको सुन पठाउने व्यक्तिहरु र त्यहाँको थप नेक्ससबारे हङकङस्थित इन्टरपोलसँग थप सूचना मागेको छ ।

नेपालमा बरामद सुनको गन्तव्य भारत भएकाले भारतको नेशनल सेन्ट्रल ब्यूरो दिल्लीसँग पनि सहयोग मागिएको बुझीएको छ । साथै, नेपालमा सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरु यसअघि भारतमा पनि पक्राउ परेको सूचना प्रहरीले पाएको छ । ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा अहिलेसम्म पछिल्लो समय पक्राउ परेका ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।

तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङभन्दा माथिल्लो लेयरमा याओ पुचेंग, ली वेन सुंग र जिक्वान लिन भारतमा पनि सुन तस्करीमा संलग्न रहेको अनुसन्धानले देखाएको छ ।

भारतको राजश्व अनुसन्धान निर्देशनालयले सुन तस्करीविरुद्ध चलाएको गोल्डेन ट्याप’ र ‘मोल्टेन मेटल’ अपरेसनले अहिले नेपालमा पक्राउ गरिएका ३ जना चिनियाँलाई कारबाही गरेको भेटिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);