धरानमा खानेपानीको समस्या, रित्तो गाग्री बोकेर खानेपानी संस्थानमा धर्ना | ईमाउण्टेन समाचार

Our Network

साउन ३ २०८१, बिहीबार

धरानमा खानेपानीको समस्या, रित्तो गाग्री बोकेर खानेपानी संस्थानमा धर्ना

धरान, २८ पुस । धरानमा खानेपानीको समस्या बढेको छ । सुख्खायामसंगै खानेपानीको अभाव झेल्न बाध्य भएपछि स्थानीयबासी मात्र हैन जनप्रतिनिधि पनि आन्दोलनमा उत्रिएका छन् । सोमबार रित्तो गाग्री, ड्रम लगायतका भाडा बोकेर स्थानीयले खानेपानी संस्थानको धरान शाखामा धर्ना दिएका छन् ।

विगत सात वर्षदेखी खानेपानीको समस्या भोग्दै आएका धरान उपमहानगरपालिका–९ वडाबासीले सोमबार रित्तो गाग्री, ड्रम, भाडा कुडा लिएर नेपाल खानेपानी संस्थान धरान शाखा कार्यालयमा धर्ना दिएका छन् ।

खानेपानी संघर्ष समितिका संयोजक तथा वडा नम्बर ९ का वडाध्यक्ष रत्न कट्वालको नेतृत्वमा स्थानीबासीले कार्यालयको प्रबेशद्वारमा ताला लगाएका छन् ।

कार्यालय परिसरमा पुगेका संस्थानका शाखा प्रमुख रामकुमार श्रेष्ठमाथि समेत स्थानीय जाइलाग्दा स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

खानेपानी संर्घष समितिका संयोजक एवं वडा नम्बर ९ का वडाध्यक्ष रत्न कट्वालले कमिसनका लागि संस्थानले ट्याङकरवाला र खानेपानी उत्पादक कम्पनीसंग मिलेर धरानमा पानीको अभाव सिर्जना गरिएको दावी गर्नभयो ।

पानीको मुहानै मुहानले घेरिएपनि धरानबासी भने काकाकुल अवस्थामा बाँच्नु परिरहेको भन्दै स्थानीयहरुले आक्रोस पोखेका थिए ।

संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष्ठले भने वडा नम्बर ९ मा प्राविधिक समस्याका कारण खाने पानीको समस्या भइरहेको बताउनुभयो ।

धरानको दिर्घकालिन खानेपानी व्यवस्थापनको लागि सन् २०१२ मे मा एशियाली विकास, नेपाल सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा ३ अर्ब २९ लाखको लागतमा खानेपानी योजना सम्पन्न हुने तर्खरमा छ । करिब १ लाख ३७ हजार जनसंख्या रहेको धरानमा सहज रुपमा पानी खुवाउने तर्फ सबै पक्ष गम्भिर बन्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);