डडेल्धुरामा खानेपानीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डडेल्धुरामा खानेपानीको चरम अभाव

khane pani

विमल जैरु,
डडेल्धुरा, १२ बैशाख । डडेल्धुराको नवदुर्गा गाउँपालिका १ सुनकोटमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको स्रोतमा पानीको सतह घट्दै गएपछि आभाव भएको हो ।

एक गाग्री पानीको लागि कुवामा पाँच घन्टा कुर्नुपर्ने बाध्यता भएको स्थानीयले गुनासो गरेका छन् । खानेपानी थाप्न बालबालिका लाइनमा बस्नु परेकाले विद्यालय समेत जान पाएका छैनन् । सुनकोटका स्थानीय विहान चार बजे उठेर खानेपानीको लागि लाइन बस्न कुवामा जान बाध्य छन् । खानेपानीको स्रोतमा पानीको सतह घट्दै गएपछि धारमा पानी आउन छोडेको छ । सुनकोटका २ सय घरधुरीका स्थानिय कुवाको फोहोर पानी पिउन बाध्य छन् ।

कुवाको फोहोर पानीका लागि पनि पाँच घण्टा सम्म पालो कुर्नु पर्ने वाध्यता छ । खानेपानीको अभावमा सरसफाइदेखि कपडा धुन समेत समस्या भएको स्थानीयको गुनासो छ । खानेपानी थाप्न बालबालिका लाइनमा बस्ने गरेकालो विद्यालय समेत जान पाएका छैनन् । उनीहरुले खानेपानीको समस्या समाधान गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

जनप्रतिनिधिहरुले निर्वाचनको समयमा जनाएको प्रतिबद्धता अनुसार खानेपानी समस्या समाधान गर्ने आश्वासन दिएका छन् । खानेपानी योजनाको काम सुरु भएकाले आलु आर्थिक बर्षको अन्तिमसम्म समाधान हुने गाउँपालिकाको भनाई छ । ७० प्रतिशत दलित बस्ती रहेको सुनकोटमा खानेपानीको अभावले मानव स्वास्थयमा असर पर्न थालेको छ । त्यसैले खानेपानी आयोजनाको काम छिटो सक्न सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);