पुरातात्वीक संरचनाको पुनःनिर्माण गर्दा आधुनिक प्रविधिको प्रयोग : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पुरातात्वीक संरचनाको पुनःनिर्माण गर्दा आधुनिक प्रविधिको प्रयोग : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातात्वीक संरचनाको पुनःनिर्माण गर्दा आधुनिक प्रविधिको प्रयोग गरि मौलीक शैलीमा निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।

गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मौलीकता कायम रहनेगरि प्रविधि मैत्री संरचना बनाइनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले परम्परागत शैलकिो नाममा कमजोर संरचना बनाइए दिगो हुन नसक्ने बताए । प्रधानमन्त्री ओलीले धरहरा, बसन्तपुर दरबार क्षेत्र, काष्ठमाण्डप, रानीपोखरी लगायत सम्पुर्ण पुरातात्वीक तथा सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणलाई तिब्रता दिइने बताए ।

उनले साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा स्थानीय तह, पुरातत्व विभाग र पुर्ननिर्माण प्राधिकरणबीच तालमेद जरुरी भएको पनि बताए । प्रधानमन्त्री ओलीले धरहरा पुनःनिर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);