तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बाँकि रहेको २० महिना भित्र सबै काम सम्पन्न हुने गरी पुनर्निर्माणको काम सम्पन्न हुने बताए ।

उनले भूकम्पीय जोखिमबाट निराश नहुन पनि सर्वसाधारणलाई अपिल गरे । चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा काठमाडौंको बसन्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक भूकम्पीय जोखिम भएकाले नै त्यसको असर नहुने गरी भूकम्प प्रतिरोधि घर निर्माणका लागि सरकारले आवश्यक सबै खालको सहयोग गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले पूरानै शैलीबाट सम्पदाहरुको पुनर्निर्माण हुनेमा पनि ढुक्क हुन सबैलाई आग्रह गरे । उनले विगतका भन्दा अझ आर्कषक र आधुनिक ढंगले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूराना सम्पदाहरुको संरक्षण हुने गरी ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा भएका बस्तीहरुको पुनर्निर्माणको लागि गुरुयोजना पनि तय गरिएको जानकारी दिए ।

उनले सम्पदाहरुको संरक्षणमा स्थानीय सरकार पनि अग्रसर हुने गरी गुरु योजना तय गरिएकाले हाम्रा सम्पदाहरुको संरक्षण हुँदैनकी भन्ने शंका गरिरहन नपर्ने बताए । प्राधिकरणले विश्वमै उदाहरणीय हुने गरी पुनर्निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको प्रतिवद्धता छ ।

प्राधिकरणले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिनेगरी आवश्यक योजना र बजेट तय गरिएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);