भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा

काठमाडौं, ५ चैत । पुरातत्व विभागले भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । पुरातत्व विभागमा निमित्त महानिर्देशक दामोदर गौतमले तोकिएकै समय भित्र भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मंगलबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यका भित्रका सम्पदाहरुको पुनर्निर्माणको काम २८ प्रतिशत सम्पन्न भएको र आगामी २ वर्ष भित्र ती सबै सम्पदाहरुको पुननिर्माण कार्य सम्पन्न गर्ने योजना पनि अघि सारे ।

काठमाडौं उपत्यका भित्र ७ सय ५३ वटा सम्पदाहरु भूकम्पले भत्काएका थिए । ती मध्ये २ सय २० वटा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गरिएको पनि विभागले जनाएको छ ।

चालू आर्थिक वर्ष भित्र थप २ सय ५ वटा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने र बाँकी सम्पदाहरुको पुनर्निर्माणको काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको पनि विभागका निमित्त महानिर्देशक गौतमले बताए।

निमित्त महानिर्देशक गौतमले सम्पदाहरुको पुनर्निर्माण गर्दा त्यसको ऐतिहासिक, पूरातात्विक तथा मौलिक पहिचान मेटाउन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । बैठकमा समितिका सदस्यहरुले सम्पदाहरुको पहिचान मेटाउने खालको कुनै पनि गतिविधि हुन नदिन सरकारलाई सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);