ओली सरकारले पर्याप्त काम गर्न सकेन : राणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओली सरकारले पर्याप्त काम गर्न सकेन : राणा

सुर्खेत, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले बलियो भएर पनि ओली सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले मगंलबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पशुपति शम्सेर जबराले सरकारले मुलुक परिवर्तन गर्ने अवसर धेरै गुमाएको बताए । सरकारले आफुलाईं विप्लवसँग जोडेर आफु माथि पनि प्रतिबन्ध लगाउन खोजेको उनको आरोप छ ।

कार्यक्रममा अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले विकासको संरचना र विकासको पद्धतिमा केही पनि परिवर्तन नआएको बताए । उनले अरुलाई सुधार्नु अगाडी सरकारले आफ्नो चरित्र सुधारेर लुट तन्त्र र भ्रष्टाचार रोक्नु पर्ने बताए । राप्रपा संयुक्ताका नेताद्वय राणा र लोहनीले राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारलाई सुझाव समेत दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);