सरकारले दुई तिहाइको दम्भ देखायाे : पशुपतिशमशेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सरकारले दुई तिहाइको दम्भ देखायाे : पशुपतिशमशेर

काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले सरकारले दुई तिहाइको दम्भ देखाएर हुकुमी शैली लाद्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष जबराले सरकारले दुई तिहाइको दम्भ देखाउँदै दसैंको मुखमै मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली सरकारमा पुगेको आठ महिनामा बितिसक्दा पनि सोचे अनुसारको काम गर्न नसकेको भन्दै उनले देशैभरी महिला हिंसा र बलात्कारका घटना हुँदा पनि दोषीलाई नियन्त्रण गर्न नसकेको बताए ।

सरकार कहाँ छ भनेर खोज्दै हिड्नु पर्ने अबस्था सिर्जना भएको भन्दै अब जनताका समस्या समाधान गर्नका लागि दसैं तिहार पछि सशक्त आन्दोलन गर्ने उनले उद्घोष गरे । तिनवटै तहमा भ्रष्टाचारले आकाश छुन लाग्दा समेत सरकार मुखदर्शक बनेर बसेको भन्दै उनले आपत्ति प्रकट गरे । अध्यक्ष राणाले टुटफुट भएको पार्टीलाई जोडेर आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);