सरकारले दुई तिहाइको दम्भ देखाएको कांग्रेसको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारले दुई तिहाइको दम्भ देखाएको कांग्रेसको आरोप

sherbahadur deuba

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवार रुपमा संसदमा प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।  कांग्रेस संसदीय दलको नेतासमेत रहेका सभापति देउवाले आज पार्टीका संघीय संसद र प्रदेशसभाका सांसदहरुलाई प्रशिक्षण दिँदै लोकतन्त्रलाई सुदृढ बनाउन संसदमा जिम्मेवार प्रतिपक्षीको रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

सरकारले दुईतिहाई बहुमतको दम्भ देखाएको भन्दै उनले सरकारकै कारण लोकतन्त्र खतरामा पर्नलागेको आरोपसमेत लगाए । उनले पाँचबर्ष पछि सरकारको नेतृत्व लिने गरी तयारी गर्न सिंगो पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक संस्थाहरु एकलौटी कब्जा गर्न खोजेको आरोप लगाए । सुविधाजनक बहुमत हुँदाहुँदै सरकारले बहुमत खोज्नुले सर्वसत्ताबाद लाद्न खोजेको आशंका पैदा भएको उनको भनाइ थियो । कांग्रेस नेता पौडेलले लोकतन्त्रलाई जोगाउन संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि पार्टीका सांसदहरुलाई सचेत गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);