राष्ट्रियसभा अध्यक्षमा एमालेका तिमिल्सिना निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

राष्ट्रियसभा अध्यक्षमा एमालेका तिमिल्सिना निर्विरोध निर्वाचित

काठमाडौं, ३० फागुन । राष्ट्रिय सभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भएका छन् । राष्ट्रियसभा अध्यक्षको लागि तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि आज बसेको राष्ट्रियसभा बैठकले उनलाई निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।

गठबन्धन दलबीच प्रतिनिधिसभाको सभामुख माओवादी, राष्ट्रिय सभाको अध्यक्ष एमालेबाट बनाउने समझदारी भएको थियो । राष्ट्रिय सभाको अध्यक्ष प्रतिनिधिसभाका सभामुखकै समान मर्यादाको पद हो । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन भने आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्ष महिला हुनुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);