उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गते हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, ३० फागुन । उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गते हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले आगामि चैत्र ९ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ । त्यस्तै संविधानको धारा ७० एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ मा उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति भन्दा फरक लिंग र समुदायको हुनुपर्ने व्यवस्था छ ।

निर्वाचन कार्यतालिका अनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन, चैत्र ३ गते उम्मेदवारी दर्ता तथा चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । चैत्र ९ गते शुक्रबार विहान १० वजे देखि अपरान्ह ३ वजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);