उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता आज २ बजेसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता आज २ बजेसम्म

काठमाडौं, २७ फागुन । चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको दिन हो । विहान ९ बजेदेखि २ बजेसम्म निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाएको छ ।

आजै उम्मेदवारको सूची प्रकाशन गरी साँझ ६ बजेसम्म विरोधमा उजुरी दिन सकिने भएको छ । उजुरी उपर जाँचबुझ गरी फागुन २८ गते १२ बजे निर्णय गर्ने समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली भोलि नै प्रकाशन हुन छ ।

उपराष्ट्रपतिको उम्मेदवारका लागि सत्ता गठबन्धनले नाम तय गर्दैछन् । नेकपा एमाले पनि नाम टुंगो लगाउन बैठक बसिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);