उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने समय शनिबारका लागि तोकेको छ । त्यही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिन मिल्ने कार्यतालिकामा उल्लेख छ । यसैगरी २८ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने चैत ३ गते मतदान गर्ने कार्यक्रम तय गरिएको छ ।

मतदानपछि सबै मतपेटिक मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि तोकेको समय र स्थानमा मतगणना सुरु गरिनेछ । मतगणना भएपछि निर्वाचन घोषणा गरिने आयोगले जनाएको छ । कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको पुनः मतदान गराउनुपर्ने अवस्थामा निर्वाचन अधिकृतले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नियमावली बमोजिम मतदानको मिति तोकी पुनः मतदान गराइने आयोगले जारी गरेको कार्यतालिकामा उल्लेख छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले राष्ट्रपतिको निर्वाचनको उम्मेदवारी दिने भएमा बन्दसूचीबाट नाम फिर्ता लिनुपर्ने आयोगले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);